नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग अन्तर्गत रहेको नापी कार्यालय डडेलधुरा अमरगढी ५ किर्तिपुरमा रहेको छ। यस नापी कार्यालयले डडेलधुरा जिल्ला भरिको साविक २१ गा.बि.स. (हाल १ नगरपालिका र ४ गाउँपालिका गरि जम्मा ५ स्थानिय तह) भित्रको कित्तानापी, नक्सा अध्यावधिक, तथा भूमि सम्बन्धी नाप जाँच (नया नापी बाहेक) सम्बन्धी कार्य गर्दै आएको छ। यस कार्यालयले डडेलधुरा जिल्ला अन्तर्गतको सम्पूर्ण नक्सा तथा फिल्ड बुक सुरक्षित राखी हाल डिजिटल डाटा सहित कम्प्युटरबाट सेवा प्रवाह गर्दै आएको छ।
डडेलधुराको भौगोलिक अवस्था हेर्दा १५३८ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। छिमेकी जिल्लाहरुमा पूर्वमा डोटी पश्चिममा भारत उत्तरमा बैतडी र दक्षिणमा कंचनपुर रहेको पाइन्छ।
नापी कार्यालयको उद्देश्यहरू:
जग्गा नापजाँचबाट प्राप्त भएको भूमि लगतहरुको अद्यावधिक गर्ने (नक्सा श्रेस्ता),
सेवाग्राहीलाई माग अनुसार आफ्नो स्वामित्व रहेको भूमिको नक्सा, फिल्डबुक/प्लट रजिष्टर उपलब्ध गराउने,
अदालत र मालपोत कार्यालयले माग गरेको भूमि सम्बन्धी लगत उपलब्ध गराउने,
जिल्लामा रहेको भूमि सम्बन्धित विवाद व्यवस्थापन तथा न्युनीकरण गर्न आवश्यक कार्य गर्ने,
नक्सा, फिल्डबुक, श्रेस्ता र डिजिटल डाटाको संरक्षण र व्यवस्थापन गर्ने,
जिल्ला भित्रका अन्य निकायहरु सरकारी कार्यालय), स्थानिय तह आदिसँग समन्वय गरी (भूमि व्यवस्थापन सम्बन्धी काम गर्ने,
सरकारी, सार्वजनिकजग्गाहरूको संरक्षणको लागि भएका निर्देशन कार्यान्वयन गर्ने तथा उक्त कार्यका लागी अन्य निकाय हरुसंग समन्वय गर्ने,